फोन मर्मतDevice Repair
Screen · Battery · Charging · Camera
मर्मतको मूल्यसूचीफोन मर्मत गराउन होस्, पुरानो फोन बेच्न वा अर्को किन्न—नेपालीमै कुरा गरौँ।

नेपाली समुदायमा हार्दिक नमस्कार!
जापानमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्मार्टफोन रिपेयर सेन्टर ओमोरीमा हार्दिक स्वागत छ। हामी सन् २०१९ देखि हालसम्म होक्काइदोदेखि ओकिनावासम्म शाखाहरू फैलिएको जापानकै एक प्रतिष्ठित मोबाइल मर्मत कम्पनीमा प्राविधिकका रूपमा निरन्तर काम गर्दै आएका छौँ। त्यहाँ काम गर्दा हासिल गरेको सीप र अनुभवलाई आधार बनाएर हामीले ओमोरीमा आफ्नै यो नयाँ व्यवसाय सुरु गरेका हौँ। जापानमा रहनुभएका नेपाली समुदायलाई आफ्नै भाषामा सहज र भरपर्दो सेवा दिन सकौँ भन्ने हाम्रो चाहना हो।
फोन बिग्रिँदा आफ्नो समस्या नेपालीमै खुलेर भन्न सकियोस् र मर्मतमा कति खर्च लाग्छ भन्ने कुरा पहिले नै थाहा होस् भन्ने हाम्रो चाहना हो। फोन जाँचेर मर्मतका विकल्प, लाग्ने खर्च र समयबारे सरल भाषामा बुझाउँछौँ। तपाईंको कुरा ध्यान दिएर सुन्ने र इमानदारीपूर्वक सेवा दिने हाम्रो प्रयास रहन्छ।
फोन मर्मत गराउन, पुरानो फोन बेच्न वा सेकेन्डह्यान्ड iPhone किन्न चाहनुहुन्छ भने हामीसँग नेपालीमै कुरा गर्नुहोस्। सानो जिज्ञासा भए पनि निर्धक्क सोध्नुहोस्। यो नयाँ यात्रामा तपाईंहरूको साथ, सुझाव र विश्वास हाम्रा लागि धेरै महत्त्वपूर्ण छन्।
वारेन्टी सामान्य प्रयोगमा आफैँ देखिएको खराबीमा लागू हुन्छ। स्क्रिन मर्मतको हकमा टचको खराबी मात्र समेटिन्छ। पानी पसेको फोनको मर्मत, स्क्रिनमा धर्सा आउने, फुट्ने वा खसालेर/पानी पसेर भएको क्षति समेटिँदैन। पूरा सर्तहरू तलको वारेन्टी विवरणमा हेर्नुहोस्।
Screen · Battery · Charging · Camera
मर्मतको मूल्यसूचीFree appraisal · Individual phones welcome
LINE मा कुरा गरौँBrowse phones, prices and condition online
अनलाइन स्टोर हेर्नुहोस्Contact us before sending your device from anywhere in Japan
LINE मा कुरा गरौँRepair, data preservation and buyback depend on device condition. Appraisal and timing vary. Contact us before shipping.
NEW ONLINE STORE
Sumaho Station Omori
सुमाहो स्टेसन ओमोरीको अनलाइन स्टोर अब हेर्न सक्नुहुन्छ। जापानभरि डेलिभरी र हुलाकबाट फोन बेच्नेबारे हामीसँग सल्लाह लिनुहोस्।
अनलाइन स्टोर हेर्नुहोस्किनबेचबारे LINE मा कुरा गर्नुहोस्
अनलाइन भुक्तानीको तयारी हुँदै छ। किनबेच र हुलाकबाट पठाउने प्रक्रियाबारे पहिले LINE मा बुझ्नुहोस्। तस्बिर नमुनाका लागि हो। iPad लगायत सूचीमा नभएका मोडेलको स्टकबारे सोध्नुहोस्।
¥3,800〜
मर्मतको मूल्यसूची →¥3,300〜
मर्मतको मूल्यसूची →¥5,800〜
मर्मतको मूल्यसूची →¥5,500〜
मर्मतको मूल्यसूची →¥6,600〜
मर्मतको मूल्यसूची →¥22,000〜
मर्मतको मूल्यसूची →शुल्कमा कर समावेश छ। समय र पार्टपुर्जाको उपलब्धता फरक पर्न सक्छ।
३ महिना
iPhone सहित सबै मदरबोर्ड मर्मत: १ महिना
१ महिना
iPhone सहित सबै मदरबोर्ड मर्मत: १ महिना
६ महिना
सामान्य प्रयोग गर्दा मर्मत गरिएको भाग वा फेरिएको पार्टमा आफैँ आएको खराबी मर्मत वारेन्टीमा पर्छ। यहाँबाट किनेको सेकेन्ड ह्यान्ड iPhone मा पनि सामान्य प्रयोगमा आएको खराबी समेटिन्छ।
स्क्रिन फेरेपछि सामान्य प्रयोगमा टच नचल्ने समस्या मात्र वारेन्टीमा पर्छ। स्क्रिनमा धर्का आउने, सिसा फुट्ने वा चर्किने, पानी पस्ने, खस्ने वा ठक्कर लाग्ने समस्या समेटिँदैन।
पानी पसेको फोनको मर्मतमा वारेन्टी हुँदैन। पानी, खसाइ, ठक्कर, चर्किएको वा ग्राहकको प्रयोगबाट भएको क्षति वारेन्टीमा पर्दैन।
पहिले फोनको ब्रान्ड छान्नुहोस्, त्यसपछि मोडेल रोज्नुहोस्।
शुल्कमा कर समावेश छ। समय र पार्टपुर्जाको उपलब्धता फरक पर्न सक्छ।

JR ओमोरी स्टेसनको Central East Exit बाट १ मिनेट पैदल
हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुला
1F, Kyowa Nanabankan BE’S Buildingटोकियोस्थित स्मार्टफोन रिपेयर सेन्टर ओमोरीमा फोनको समस्या नेपालीमै बताएर मर्मतबारे सल्लाह लिन सक्नुहुन्छ। हाम्रो पसल JR ओमोरी स्टेसनको Central East Exit बाट १ मिनेट पैदल दूरीमा छ। iPhone, iPad, Android लगायतका उपकरणको मर्मत, पुरानो फोन बेच्ने वा सेकेन्डह्यान्ड iPhone किन्नेबारे सोध्नुहोस्। टाढा हुनुहुन्छ भने मोडेल र समस्या LINE मा पठाउनुहोस्; जापानभरबाट हुलाकमार्फत मर्मतको व्यवस्था बुझ्न सक्नुहुन्छ।
Hamro Smartphone Repair Center Omori, Tokyo ko JR Omori Station ko Central East Exit bata 1 minute hidne durima chha. iPhone ra Android ko screen, battery, charging ra pani pareko phone ko janchbare Nepalimai sodhna saknuhunchha. Model ra samasya LINE ma pathaunuhos. Tokyo bata tadha hunuhunchha bhane Japanbhari bata hulakmarfat phone pathauna milchha; pathaunuaghi hamilai samparka garnuhos.
डाटा जोगाउन प्राथमिकता दिन्छौँ, तर ग्यारेन्टी गर्न सक्दैनौँ। सम्भव भए पहिले ब्याकअप राख्नुहोस्।
मिल्छ। पठाउनुअघि प्रक्रिया, खर्च र समयबारे LINE मा सोध्नुहोस्। पसलसम्म पठाउने ढुवानी खर्च ग्राहकको हो।
मिल्ने मोडेलमा दुवै विकल्प हुन सक्छन्। शुल्क, डिस्प्ले र सुविधा पार्टअनुसार फरक हुन्छ। हामी Apple वा Google को आधिकारिक सेवा केन्द्र होइनौँ।
मोडेल, खराबी, पार्ट र भीडअनुसार फरक पर्छ। मदरबोर्ड मर्मतमा करिब ५ दिनदेखि लाग्न सक्छ। आउनुअघि बुझ्नुहोस्।
मोडेल र खराबीबारे पठाउनुहोस्। जाँचपछि खरिद गर्न मिल्ने वा नमिल्ने र मूल्य बताउँछौँ। सबै फोन किन्ने ग्यारेन्टी छैन।
चाहिने डाटाको ब्याकअप राख्नुहोस्। अकाउन्ट लक, परिचयपत्र र सामानबारे आउनुअघि पसलमा बुझ्नुहोस्।
जापानी, अंग्रेजी, नेपाली, फिलिपिनो, इन्डोनेसियाली र बर्मेली भाषामा सेवा छ। वेबसाइटमा भएका सबै भाषामा कर्मचारी सेवा उपलब्ध हुन्छ भन्ने होइन।